३८२ कोरोना संक्रमित थपिए, ८९ जना आइसियुमा

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार ९५९ नमुना परीक्षणमा ३८२ जनामा संक्रमण पुष्टि भएको हो।

५ हजार ७ पिसिआर परीक्षणमा ३४२ र १५ हजार ९५२ एन्टिजेन परीक्षणमा ४० जनामा संक्रमण देखिएको हो।

यस्तै सोही समयमा २५२ संक्रमित संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएन।

योसँगै संक्रमित हुनेको कुल संख्या ९ लाख २५ हजार १५ पुगेको छ। संक्रमणमुक्त हुनेको संख्या ८ लाख १२ हजार २१० रहेको छ भने ११ हजार ५९४ संक्रमितको मृत्यु भएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९६९ रहेको छ। जसमध्ये ४ हजार ७२८ होम आइसोलेसनमा र २४१ संस्थागत आइसोलेसनमा रहेका छन्। यस्तै ८९ संक्रमितको आइसियु र २७ को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *