सन् २०२२ मा कोभिडमाथि विजय पाइनेमा डब्लूएचओ महानिर्देशक आशावादी

हेल्थपोस्ट नेपाल

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक टेड्रोस अदानम गेब्रेयसस सन् २०२२ मा कोभिड-१९ लाई पराजित गर्न सकिनेमा आशावादी देखिएका छन्।

अंग्रेजी नयाँ वर्षका अवसरमा सन्देश दिँदै गेब्रेयससले भाइरसको तीव्र प्रसार रोक्न विश्वभरका नागरिकले साथ दिएमा वर्षदिनभित्र महामारीमाथि विजय पाइने बताएका हुन्। तर, संकिर्ण राष्ट्रवाद र खोप होल्ड गर्ने प्रवृत्ति यसमा मुख्य चुनौतिका रूपमा देखिएको उनले उल्लेख गरेका छन्।

सन् २०२१ को अन्त्यसम्ममा संसारभर २८ करोड ७० लाख जनसंख्या कोरोना संक्रमित बनिसकेको छ। कोरोना संक्रमणका कारण तीमध्ये ५५ लाखको मृत्यु भइसकेको छ।

संसारभर शनिबार अंग्रेजी नयाँ वर्ष मनाइँदै छ। तर, कोरोना महामारीअघि जस्तो दिल खोलेर नयाँ वर्ष मनाइएको छैन। अधिकांश मुलुकले ठूलो संख्या भेला भएर नयाँ वर्ष मनाउन प्रतिबन्ध लगाएका छन्।

कोरोना भाइरसले मानिसको दैनिक जीवनलाई संकुचित बनाइदिएको छ। अधिकांश मुलुकका सीमा बन्द छन्। परिवारबीच बिछोड भएको छ। मास्कबिना घरबाहिर निस्किनु अनौठो विषय बनेको छ। यस्तो परिदृष्यमाझ गेब्रेयससले सन् २०२२ मा कोभिड-१९ महामारी अन्त्य गर्न सफलता मिल्ने आशा व्यक्त गरेका हुन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *