भारतमा ओमिक्रोन संक्रमितको संख्या १४३१ पुग्यो

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा थप २२ हजार ७७५ कोरोना संक्रमित थपिएका छन् भने ४०६ जनाको मृत्यु भएको छ। यस्तै ओमिक्रोनका संक्रमितको संख्या १ हजार ४३१ पुगेको छ।

महाराष्ट्रमा हालसम्म ओमिक्रोन संक्रमितको संख्या ४५४ पुगेको छ भने दिल्लीमा ३५१ पुगेको छ।

भारतमा सक्रिय संक्रमितको कुल संख्या १ लाख ४ हजार ७८१ पुगेको छ।

यस्तै भारतमा आजबाट देशभरका १५ देखि १८ वर्षसम्मका किशोरकिशोरीलाई खोप लगाउनका लागि दर्ता अभियान सुरु भएको छ।

स्वास्थ्यमन्त्री मनसुख मण्डवीयले ट्वीट गर्दै भनेका छन्, ‘बालबालिका सुरक्षित भए देशको भविष्य सुरक्षित हुन्छ। नयाँ वर्षको अवसरमा आजदेखि १५ देखि १८ वर्ष उमेर समूहका बालबालिकाको खोपका लागि कोभिन पोर्टलमा दर्ता सुरु भएको छ। खोपका लागि योग्य बालबालिकालाई दर्ता गर्न आग्रह छ।’

 



Leave a Reply

Your email address will not be published.