अमेरिकाका ७८ प्रतिशत आइसियु बेड भरिए

हेल्थपोस्ट नेपाल

काठमाडौं – संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड-१९ को ‘ओमिक्रोन’ को फैलावटका कारण स्वास्थ्य सेवा प्रवाहमा समस्या आउन सक्ने संकेत गरेको छ।

अमेरिकाका सघन उपचार कक्ष (आइसियु) मा करिब ७८ प्रतिशत बेड भरिएका छन्। जर्ज वाशिंगटन युनिभर्सिटी अस्पतालका प्रकोप चिकित्सा प्रमुख डा. जेम्स फिलिप्सले कोरोना संक्रमणका केसहरु बढिरहेको भन्दै अस्पतालका आइसियु भरिन थालेको बताए।

यो हप्ता अमेरिकामा महामारीको रेकर्ड बनेको छ। जहाँ दैनिकरूपमा कोभिड-१९ का घटनाहरू ५ लाखभन्दा माथि छ। यो सँगै अस्पताल भर्ना हुने संक्रमितको संख्या नाटकीय रूपमा बढेको छ। केही राज्यहरूमा लगभग तीन गुणा बढेको छ र स्वास्थ्य सेवा सुविधाहरूको प्रवाहमा जटिलता थपिएको छ।

अमेरिकाको स्वास्थ्य र मानव सेवा विभागको तथ्यांकअनुसार बिहीबारसम्म ७८ प्रतिशत आइसियु बेडहरू भरिएका छन् जसमध्ये २२ प्रतिशत कोभिड-१९ का बिरामीहरू छन्। अन्य धेरै देशहरू जस्तै अमेरिकाले पनि ओमिक्रोन महामारीको नयाँ लहरको सामना गरिरहेको छ।



Leave a Reply

Your email address will not be published.