थप २३५ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ४ हजार ८७९

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ८४ नमुना परीक्षणमा २३५ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ७ हजार ८८५ पिसिआर परीक्षणमा २२४ जनामा र १ हजार १९९ एन्टिजेन परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको हो।

सोही समयमा संक्रमणमुक्त हुनेको संख्या भने २१२ रहेको छ भने ४ जना संक्रमितको मृत्यु भएको छ।

यो सँगै कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ९ लाख २४ हजार ६३३ पुगेको छ। सो मध्ये ८ लाख ११ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ५९४ जनाको मृत्यु भएको छ।

हाल देशभर ४ हजार ८७९ सक्रिय संक्रमित रहेका छन् जसमध्ये ४ हजार ६५१ संक्रमित होम आइसोलेसनमा र २२८ संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन्।

हाल ८९ संक्रमित आइसियु र २४ संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।



Leave a Reply

Your email address will not be published.