दिल्लीमा समुदायस्तरमै फैलियाे ‘ओमिक्रोन’ भेरियन्ट

हेल्थपोस्ट नेपाल

दिल्ली – दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ‘ओमिक्रोन’ भेरियन्ट समुदायस्तरमै पुगेको बताएका छन्। हालैका स्वास्थ्य वैज्ञानिकहरुकाे अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको उनले जानकारी दिए।

अनुसन्धानबाट ओमिक्रोनको सङ्क्रमण समुदायमा पुगेको पाइएको छ भन्दै उहाँले यहाँ पछिल्ला समयमा फैलिएको कोरोना सङ्क्रमणका ४० प्रतिशतभन्दा बढी सङ्क्रमितहरु त ओमिक्रोनकै भएको बताए।

उनले भने, ‘अनुसन्धानबाट यो देखिएको छ कि यहाँका सङ्क्रमितहरुमा ओमिक्रोनको सङ्क्रमण बढी देखिएको छ। त्यस्तो सङ्क्रमण बाहिरबाट आएका मानिस र यहीँ रहेकामा नै देखिएको छ। त्यसैले यो भेरियन्ट समुदायसम्म नै पुगेको पाइएको छ।’

‘भारतमा ओमिक्रोनको सङ्क्रमण भित्रिएको धेरै भएको छैन, तर यहाँका नागरिकमा निकै तीव्र गतिमा यो फैलिएको छ’, उनले भने।

 



Leave a Reply

Your email address will not be published.