पत्ता लाग्यो ओमिक्रोनलाई निस्क्रिय पार्ने एन्टिबडी

हेल्थपोस्ट नेपाल

वैज्ञानिकहरूले कोरोनाको ओमिक्रोन भेरियन्टलाई निस्क्रिय बनाउने एन्टिबडी पत्ता लगाएका छन् ।

विज्ञान पत्रिका ‘नेचर’मा हालै प्रकाशित शोधअनुसार यो अनुसन्धानबाट ओमिक्रोनविरुद्ध खोप तयार पार्न मद्दत पुग्ने विश्वास छ। ओमिक्रोन मात्र होइन, भविष्यमा उत्पन्न हुने कोरानाका अन्य भेरियन्टमाथि विजय पाउन पनि यो अनुसन्धान प्रभावकारी हुन सक्ने वैज्ञानिकहरूको भनाइ छ।

युनिभर्सिटी अफ वासिङ्टनको स्कुल अफ मेडिसिनका सहायक प्राध्यापक डेभिड वेसलरले भने, ‘यो अध्ययनबाट स्पाइक प्रोटिनमा अत्यधिक संरक्षित स्थानहरूलाई निशाना बनाउने एन्टिबडीमाथि ध्यान केन्द्रित गर्दै भाइरसको निरन्तर विकासबाट छुटकारा पाउने तरिका प्राप्त गर्न सकिने छ।’

ओमिक्रोन स्पाइक प्रोटिनमा असामान्य परिवर्तन (म्युटेसन) हो, जसले मानव कोशिकामा प्रवेश गरेर संक्रमण फैलाउँछ। वैज्ञानिकहरूले एक ‘सुडो भाइरस’को माध्यमबाट ओमिक्रोनविरुद्धको एन्टिबडी तयार पारेका हुन्।



Leave a Reply

Your email address will not be published.