कोरोना पोजेटिभ देखिएपछि पाँच घण्टा हवाइजहाजको शौचालयमा…

हेल्थपोस्ट नेपाल

काठमाडौं – अमेरिकाकी एक शिक्षिकामा उडानकै क्रममा कोरोना पोजेटिभ देखिएपछि पाँच घण्टा हवाइजहाजको शौचालयमा बसेकी छन्। उनी आफ्नो इच्छाले हवाइजहाजको शौचालयमा बसेकी हुन्।

मारिसा फोसियो, डिसेम्बर २० मा शिकागोबाट आइसल्याण्ड उडान भर्दै थिइन्। सो क्रममा उनलाई घाँटी दुखेको महसुस भयो। उनीसँग र्‍यापिड टेस्ट किट थियो, त्यसैले उनले त्यही समयमा आफ्नो कोरोना परीक्षण गरिन् र नतिजा पोजेटिभ आयो।

त्यसपछि उनले आफूलाई आइसोलेसनमा राख्ने निर्णय गरिन् र शौचालयमा बसेर बाँकी यात्रा पूरा गरिन्। यस क्रममा विमान परिचरले उनलाई खाना र पेय पदार्थ दिए।

मारिसाले भनिन्, ‘यो एक पागल अनुभव थियो। उडानमा १५० जना थिए र मेरो सबैभन्दा ठूलो डर थियो कि, उनीहरूलाई पनि संक्रमण हुनसक्छ।’ मारिसाले आइसल्याण्ड एयरको विमानको शौचालयबाट टिकटकमा भिडियो पनि पोस्ट गरेकी छिन्। यस क्रममा उनले सहयोग गर्ने एक उडान परिचरको पनि प्रशंसा गरिन्।

मारिसाले आइसल्याण्डमा अवतरण गरेपछि रेडक्रस होटलमा आइसोलेसन गरिएको थियो।



One thought on “कोरोना पोजेटिभ देखिएपछि पाँच घण्टा हवाइजहाजको शौचालयमा…

Leave a Reply

Your email address will not be published.