चिकित्सा शिक्षामा विदेशमा अध्ययन गर्ने विद्यार्थीको समस्या समाधान हुने

हेल्थपोस्ट नेपाल

काठमाडौं – कोभिड–१९ को महामारी र बन्दाबन्दीका समयमा नेपाल फर्किएका छिमेकी चीनलगायत देशमा अध्ययन गरेका एमबिबिएस तहका विद्यार्थीको समस्या समाधान हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार बसेको मन्त्रिपरिषदको बैठकमा समाधानका लागि प्रस्ताव पेश गरेको छ।

चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका देशमा सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नसिपको समस्या समाधानका लागि प्रस्ताव गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए।

सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीको हकमा अन्तर्राष्ट्रिय मान्यतामा असर नपर्ने गरी बाँकी अध्ययन र प्रयोगात्मक अभ्यास र इन्टर्नसिप गराई समस्या समाधान गराउन गठित कार्यदलले सुझाव दिएको थियो।



Leave a Reply

Your email address will not be published.