सत्याग्रह सुरु गर्ने चेतावनी दिएपछि डा. केसीलाई भेट्दै प्रधानमन्त्री देउवा

हेल्थपोस्ट नेपाल

काठमाडौं – माग पूरा नभए जुनसुकै समयमा पनि सत्याग्रह सुरु हुनसक्ने चेतावनी दिएका डा. गोविन्द केसीसहित उनको टोली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज भेटवार्ता हुने भएको छ।

गत पुस ११ गते डा. केसीले सात मागसहितको प्रेस विज्ञप्ति जारी गर्दै माग पूरा नभए जुनसुकै बेला सत्याग्रह सुरु हुनसक्ने चेतावनी दिएका थिए। त्यसको चार दिनपछि प्रधानमन्त्रीले छलफलका लागि उनलाई बालुवाटार बोलाएका हुन्।

भेटमा अघिल्लो पटक देउवाले डा. केसीसँग गरेका प्रतिबद्धताहरु पूरा गर्ने तथा डा. केसीले ११ गते राखेका सात बुँदे मागहरुका विषयमा छलफल हुने बताइएको छ। देउवा र डा. केसीबीच आज दिउँसो साढे ४ बजे भेटवार्ता हुन लागेको हो।

सरकारसामू सात माग तेर्स्याउँदै डा. केसीले दिए सत्याग्रह सुरु गर्ने चेतावनी



Leave a Reply

Your email address will not be published. Required fields are marked *