भारतमा ओमिक्रोन संक्रमितको संख्या १ हजारनजिक

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा १३ हजार १५४ जनामा ​​कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कुल सक्रिय संक्रमितको संख्या ८२ हजार ४०२ पुगेको छ भने ४ लाख ८० हजार ८६० संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य विभागले जारी गरेको तथ्याङ्क अनुसार नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमितको संख्या ९६१ पुगेको छ। दिल्लीमा २६३ र महाराष्ट्रमा २५२ ओमिक्रोनका केसहरू पुगेका छन्।

बुधबार महाराष्ट्रमा कोरोना भाइरसको मामिलामा ठूलो उछाल आएको छ। पछिल्लो २४ घण्टामा महाराष्ट्रमा २ हजार ५१० नयाँ संक्रमित थपिएका छन् भने दिल्लीमा ९२३ संक्रमित थपिएका छन्।

भारतीय सार्स-कोभ-२ जिनोमिक्स कन्सोर्टिया आइएनएसएसिओजीले ओमिक्रोनले शरीरको रोग प्रतिरोधात्मकक्षमता लाई धेरै हदसम्म बेवास्ता गर्न सक्षम रहेको परीक्षणबाट स्पष्ट भएको बताएको छ। तर, प्रारम्भिक अनुमानले यसको संक्रमणबाट गम्भीर बिरामी हुने सम्भावना तुलनात्मक रूपमा कम गरेको बताउँछ।

यसै क्रममा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको डेल्टा र ओमिक्रोन भेरियन्टले विश्वमा नयाँ सुनामी ल्याउने चेतावनी दिएको छ ।



Leave a Reply

Your email address will not be published.