भेरी अस्पतालमा आगो बालेर सुतेका एकै परिवारका चारजनाको निसास्सियर मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं – भेरी अस्पताल नेपालगञ्जमा एकै परिवारका चारजनाको निसास्सियर मृत्यु भएको छ। अस्पतालको क्वार्टरमा बस्दै आएका उनीहरु आज बिहान कोठाभित्र मृत अवस‍्थामा फेला परेका हुन्। उनीहरुसँगै सुतेका तीनजना बेहोस अवस्थामा फेला परेका छन्।

राति झ्यालढोका बन्द गरेर आगो बालेर सुतेका कारण उनीहरुको निसास्सियर मृत्यु भएको हुनसक्ने अस्पताल प्रशासनले जनाएको छ। मृत्यु हुनेमा भेरी अस्पताल परिसरभित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका-६ कालीकोटका २३ वर्षीय धनप्रसाद भट्टराई, उनका ३ महिनाका छोरा इप्सन भट्टराई, सासु अन्दाजी ५५ वर्षीया कोपिला भट्टराई र धनप्रसादकी बहिनी अन्दाजी २२ वर्षीया कोली भट्टराई रहेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बिहान ६ बजेतिर कोठामा गएर हेर्दा चारजना मृत अवस्थामा भेटिएको बताए। उनले घटनाबारे अनुसन्धान भैरहेको बताए।

कोठामा सँगै बसेका अन्य तीनजना अचेत अवस्थामा छन्। उनीहरुको भेरी अस्पतालमै उपचार भइरहेको छ। अचेत हुनेमा भट्टराईकी श्रीमती, ३ वर्षीय छोरा र बहिनीको उपचार भइरहेको एसपी अधिकारीले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *