नेपालमा सक्रिय संक्रमित ४ हजार ८ सय, थप दुईजनाकाे निधन

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सात हजार ६ सय ८ जनाकाे नमुना परीक्षणमा २२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
पछिल्लो २४ घण्टामा २५३ जना संक्रमणमुक्त भएका छन् भने याे अवधिमा थप २ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।
मन्त्रालयका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितकाे संख्या ४ हजार ८ सय ६४ छ।