२६० जना संक्रमणमुक्त हुँदा २६४ संक्रमित थपिए, दुईजनाकाे निधन

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरस पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ८ हजार ५३६ जनाको पिसिआर परीक्षण गर्दा २४१ र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा २३ गरी २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।

यस्तै पछिल्लो २४ घण्टामा २६० जना संक्रमणमुक्त भएका छन् भने याे अवधिमा थप दुईजनाको ज्यान गएकाे छ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार ९३७ पुगेको छ। याे संख्यामध्ये ८ लाख ११ हजार २६५ जना संक्रमणमुक्त भएका छन् भने काेराेना संक्रमणाका कारणा ज्यान गुमाउनेकाे संख्या ११ हजार ५ सय ८८ पुगेको मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय १० छ। जसमध्ये ४ हजार ६६५ जना होम आइसोलेसनमा र २४५ जना संस्थागत आइसोलेसनमा छन्।

 



Leave a Reply

Your email address will not be published.