कोरोना भएपछि बिसिसीआई अध्यक्ष सौरभ गांगुली अस्पताल भर्ना

काठमाडौं
भारतीय क्रिकेट टिमका पूर्वकप्तान एवं भारतीय क्रिकेट बोर्ड (बिसिसीआइ) का अध्यक्ष सौरभ गांगुली कोरोना संक्रमित भएका छन्।
बिसिसीआइलाई उद्धृत गर्दै भारतीय समाचार समिति पिटिआईले जनाएअनुसार कोरोना परीक्षण पोजिटिभ आएपछि उनलाई कोलकाताको उडल्याण्ड्स अस्पतालमा भर्ना गरिएको छ।