फ्रान्समा दैनिक संक्रमितको संख्या १ लाखभन्दा बढी, कडा प्रतिबन्ध घोषणा

हेल्थपोस्ट नेपाल

काठमाडौं–कोरोनाको ओमिक्रोन संक्रमण फैलन नदिन फ्रान्सले कडा प्रतिबन्धको घोषणा गरेको छ।

घोषणा गरिएको नयाँ मापदण्डअनुसार मुलुकभर घरबाटै काम गर्न अनिवार्य गरिएको छ। सार्वजनिक सभामा २ हजारभन्दा बढी भेला हुन पाइनेछैन। शनिबार १ लाखभन्दा बढी संक्रमित थपिएपछि फ्रान्समा कोरोनाका मापदण्डमा कडाइ गरिएको हो।

यस्तै अर्को सूचना नआउँदासम्मका लागि नाइट क्लब बन्द गरिएका छन् भने क्याफे तथा बारमा टेबल सर्भिसमात्र दिइनेछ। घरबाट काम गर्ने कर्मचारीलाई सातामा कम्तीमा ३ दिन घरबाटै काम गर्न अनिवार्य गरिएको छ भने सहरमा घुम्दा मास्क अनिवार्य गरिएको छ।

तर नयाँ वर्षको पूर्वसन्ध्यामा कफ्र्यु भने लगाइनेछैन प्रधानमन्त्री कार्यालयका एक अधिकारी ज्याँ कास्टेक्सले ‘यो महामारी कहिल्यै नसकिने फिल्मजस्तै’ भएको टिप्पणी गरे।

स्वास्थ्यमन्त्री ओलिभियर वेरनले कोरोना भाइरसको संक्रमण दैनिक दोब्बर भइरहेको भन्दै अब ठूलो लहर आउने चेतावनी दिएका छन्।

सरकारले भ्याक्सिन पास बनाउने तयारी गरिरहेको छ। यसपछि सार्वजनिक स्थानमा जान भ्याक्सिनको प्रमाणपत्र साथमा राख्नु अनिवार्य हुनेछ।



Leave a Reply

Your email address will not be published.