विदेश जानेहरुलाई यी चार अस्पतालबाट दिइँदैछ कोरोनाविरुद्धको खोप

हेल्थपोस्ट नेपाल

काठमाडौं – सरकारले विदेश जानेहरुलाई कोभिड–१९ विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाउने भएको छ। जसका लागि उपत्यकाका चार अस्पताल तोकिएका छन्।

तोकिएका अस्पतालहरुमा वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल र शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ।

खोप लगाउन जाँदा अनिवार्य रुपमा पासपोर्ट र भिसा लिएर जान मन्त्रालयले अनुरोध पनि गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *