५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना खोप दिने तयारी, ८४ लाख डोज खरिद गरिँदै

हेल्थपोस्ट नेपाल

काठमाडौं – ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने तयारी गरिएको छ। खोप सल्लाहकार समितिले सिफारिस गरेपछि र सरकारले निर्देशन दिएपछि खोप लगाउने तयारी थालिएको हो।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले यस विषयमा मन्त्रालय र विभागमा छलफल भइरहेको बताए। उनले बालबालिकाहरुलाई लक्षित गरी फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको पनि जानकारी दिए।

चौरसियाले यसका लागि ८४ लाख डोज फाइजर खोप खरिदका लागि पत्रचार गरेको जानकारी दिए। यसअघि १२ देखि १८ वर्ष उमेर समूहका किशोरलाई मोडेर्ना र फाइजरको खोप दिइसकिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *