कोरोना संक्रमण बढ्न थालेपछि दिल्लीमा रात्रिकालीन निषेधाज्ञा

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसको संक्रमणमा निरन्तर वृद्धि देखिएको भन्दै राज्य सरकारले आज (सोमबार) बाट पुनः रात्रिकालीन निषेधाज्ञा (कर्फ्यु) लगाउने निर्णय गरेको छ।

कोरोनाको ओमिक्रोन भेरियन्ट संक्रमित बिरामीको संख्या वृद्धि हुन थालेपछि सरकारले निषेधाज्ञा घोषणा गरेको हो। सरकारले सोमबारदेखि नै लागू हुनेगरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो।

पछिल्लो २४ घण्टामा दिल्लीमा २९० संक्रमित थपिएका छन्। उक्त सङ्ख्या पछिल्लो ६ महिना यताकै सर्वाधिक भएको बताइएको छ। पछिल्लो २४ घण्टामा दिल्लीमा एकजनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितको संख्या १ हजार १०० भन्दा बढी छ।

भारतमा पछिल्लो २४ घण्टामा करिब ७ हजार नयाँ संक्रमणका घटना देखिएको संघीय सरकारद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ।

हालसम्म भारतमा ४०० भन्दा बढी व्यक्तिमा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भइसकेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *