थप १६७ जनामा कोरोना संक्रमण पुष्टि, देशभर ४ हजार ९७८ सक्रिय संक्रमित

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ४४७ नमुना परीक्षणमा १६७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही समयमा २२६ संक्रमित संक्रमणमुक्त भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ।

यो संगै संक्रमित हुनेको कुल संख्या ९ लाख २३ हजार १८३ पुगेको छ। जसमध्ये ८ लाख १० हजार ४९७ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ५८३ संक्रमितको मृत्यु भएको छ।

हाल देशभर ४ हजार ९७८ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये होम आइसोलेसनमा ४ हजार ७४४ रहेका छन् भने संस्थागत आइसोलेसनमा २३४ जना रहेका छन्। यस्तै ८१ संक्रमित आइसियुमा र २२ संक्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जानकारी दिएको छ।



Leave a Reply

Your email address will not be published.