जनस्वास्थ्यकर्मी संघको अधिवेशन पुस २४ मा, अध्यक्षका लागि तीन जना मैदानमा

हेल्थपोस्ट नेपाल

अगामी पुस २४ गते हुने नेपाल जनस्वास्थ्य संघको केन्द्रीय कार्य समिति अधिवेशनमा अध्यक्षका लागि तीन जना मैदानमा उत्रिएका छन् ।

निर्वाचन समितिकाअनुसार अध्यक्षमा वर्तमान उपाध्यक्ष कृष्णमान शाक्य, महसचिव महेश्वर श्रेष्ठ र बसन्त अधिकारीको उमेदवारी परेको छ।

उपाध्यक्षमा सुदर्शन पौडेल र विमला भट्ट, महासचिव पदका लागि सागर दाहाल, अनिल सिग्देल र कैलाश खाकी चुनावी मैदानमा उत्रिएका छन् ।
सचिवमा सचिवमा अनुप खड्का, रोशन लामा र तेजप्रसाद दुलालले उम्मेदवारी दिएका छन्।

यसैगरी, निर्वाचन समितिका अनुसार कोषाध्यक्षमा चेतराज पण्डित र डमरु पनेरु, सहकोषाध्यक्षमा हैकाली थापा, सकिला धोबी र उमादेवी थापाको उम्मेदवारी परेको छ।

यसैगरी, खुल्ला सदस्यका लागि अन्जना खड्का, बसन्त देवकोटा, विजेश बस्नेत, विकेश मल्ल, बिनज्वाला श्रेष्ठ, दयाकृष्ण पन्त, धनप्रसाद पौड्याल, गणेशराज पौडेल, खाकिन्द्र बहादुर भण्डारी, मुकुन्द राज गौतम, नविना मल्ला, प्रतीक खनाल, राधाकृष्ण पौड्याल, सुदिप चिलुवाल र उमेश चन्द्र घिमिरेको उम्मेदवारी परेको छ।

सदस्यहरुमा समावेशी तर्फ अम्बिका बानिया, जागृति पौडेल, कुन्जना पाण्डे, मनोज नेपाली, रामबहादुर श्रेष्ठ, रामानन्द पण्डित, रणधीर यादव र शिला शर्माको उम्मेदवारी परेको छ।

 

 



Leave a Reply

Your email address will not be published.