३४९ जना संक्रमणमुक्त हुँदा २६० संक्रमित थपिए, एकजनाकाे निधन

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर ८ हजार ६० जनाको पिसिआर परीक्षण गर्दा २२७ र ३ हजार ८ सय ३८ जनाको एन्टिजेन परीक्षण गर्दा २३ गरी २६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा ३४९ जना संक्रमणमुक्त भएका छन् भने थप एकजनाको निधन भएकाे छ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार १६ पुगेको छ। अहिलेसम्म ८ लाख १० हजार २ सय ७१ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ५ सय ८२ जनाले ज्यान गुमाएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८ छ। जसमध्ये ४ हजार ८१७ जना होम आइसोलेसनमा र २३१ जना संस्थागत आइसोलेसनमा छन्। कोरोनाका बिरामीमध्ये ७७ जना आइसियू र २१ जना भेन्टिलेटरमा उपचार भइरहेकाे मन्त्रालयले जनाएकाे छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *