कोभ्याक्स सुविधामार्फत थप ६ लाख ६४ हजार डोज खोप नेपाल आइपुग्यो

काठमाडौं – थप ६ लाख ६४ हजार बढी डोज खोप आज नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधामार्फत आज बिहान ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप नेपाल आइपुगेको हो।
कोभ्याक्स सुविधामार्फत गत कार्तिकमा पनि १ लाख ६२० मात्रा फाइजर खोप नेपाल आएको थियो। उक्त खोप १२ वर्षमाथिका दीर्घरोगीहरूलाई उपलब्ध गराइएको थियो।
सरकारले आगामी १३ पुसदेखि काठमाडौं उपत्यकासहितका ८ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर–किशोरीलाई कोभिडविरुद्धको फाइजर खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको छ।