थप २९३ मा काेराेना पुष्टि, २ काे मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५१० जनाको पिसिआर परीक्षण गर्दा २४१ र २ हजार १ सय १६ को एन्टिजेन परीक्षण गर्दा ५२ गरी २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।

यस्तै पछिल्लो २४ घण्टामा २६३ जना संक्रमणमुक्त भएका छन्। याे अवधिमा काेराेना संक्रमणका कारण थप दुईजनाको ज्यान गएकाे छ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार ७५६ पुगेको छ। याेमध्ये ८ लाख ९ हजार ९२२ जना संक्रमणमुक्त भएका छन् भने अहिलेसम्म ११ हजार ५ सय ८१ जनाले ज्यान गुमाएकाे मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १६१ छ। जसमध्ये ४ हजार ९१० जना होम आइसोलेसन र २५१ जना संस्थागत आइसोलेसनमा छन्।



Leave a Reply

Your email address will not be published.