नेपालमा थप एकजनामा ओमिक्रोन संक्रमण पुष्टि

काठमाडौं – नेपालमा थप एकजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ९८ वर्षका एक वृद्धमा ओमिक्रोन संक्रमण पुष्टि भएको हो। उनकाे कन्ट्रयाक्ट ट्रेसिङबाट नमुना संकलन गरिएकाे मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार ती वृद्ध अहिले होम आइसोलेसनमा छन्। उनको गरिएको उनले बताइन्।
नेपालमा एक महिनाअघि दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो। उनीहरु संक्रमणमुक्त भइसकेका छन्।