२३६ जनामा कोरोना संक्रमण, थप दुईजनाकाे निधन

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा २१७ जना र ४ हजार ४३ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जना गरी २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।
यस्तै पछिल्लो २४ घण्टामा २७२ जना संक्रमणमुक्त भएका छन्। याे अवधिमा कोरोना संक्रमणबाट थप २ जनाको ज्यान गएकाे मन्त्रालयले जनाएकाे छ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार ४३३ पुगेको छ। यसमध्ये ८ लाख ९ जहार ३५९ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ५ सय ७९ जनाले ज्यान गुमाएका छन्।