भारतमा ओमिक्रोनबाट २१३ जना सङ्क्रमित

हेल्थपोस्ट नेपाल

एजेन्सी – कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट भारतमा २१३ जना सङ्क्रमित भएका छन्।

ओमिक्रोनबाट सङ्क्रमित भएकाहरु दैनिक रुपमा थपिँदै गएर अहिलेसम्म २१३ पुगेको अधिकारीहरुले बुधबार जानकारी दिएका छन्। ती मध्ये सवैभन्दा धेरै दिल्लीमा रहेका छन्। दिल्लीमा मात्रै ५७ जना ओमिक्रोनबाट सङ्क्रमित भएका छन्।

दिल्लीपछि धेरै महाराष्ट्रमा ५४ जना र तेलङ्गनामा २४ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट भने छ हजार ३१७ जना सङ्क्रमित भएका छन्।

त्यसैगरी अरु ३१८ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभरी अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ७८ हजार १९० पुगेको छ। यो सङ्ख्या ५७५ दिन पछिकै सबैभन्दा कम हो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *