भारतमा ओमिक्रोनको संक्रमण तीब्र, रात्री कर्फ्युसमेत लगाउन केन्द्रले दियो राज्यहरुलाई निर्देशन

हेल्थपोस्ट नेपाल

काठमाडौं–भारतमा ओमिक्रोन भाइरसको संक्रमण तीव्र रुपमा बढ्न थालेपछि केन्द्र सरकारले राज्य र केन्द्रशासित प्रदेशलाई पत्र लेख्दै संक्रमण रोक्नका लागि कडा कदम उठाउन निर्देशन दिएको छ।

पत्रमा ओमिक्रोन डेल्टाभन्दा तीन गुणा बढी संक्रामक रहेको उल्लेख गर्दै वार रुमलाई सक्रिय बनाउन सुझाव दिइएको छ। यस्तै,कोरोनासँग सम्बन्धित हरेक अपडेटमा निगरानी राख्दै स्थानीय र जिल्लास्तरमा कडा कदम उठाउन भनिएको छ।

यो भाइरस भारतका १४ राज्यमा फैलिइसकेको छ भने हालसम्म यसका २२० बिरामी भेटिएका छन्।

केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले राज्यहरुलाई पत्र लेख्दै परीक्षण र निगरानीलाई बढाउँदै रातिको समयमा कर्फ्यु लगाउन, बिहे तथा अन्तिम संस्कारमा सहभागी हुने मानिसको संख्यामा कटौति गर्नेजस्ता कदम उठाउन आग्रह गरिएको छ।

यस्तै, अस्पतालहरुमा पनि सुविधा वृद्धि गर्न पनि राज्यहरुलाई भनिएको छ। ओमिक्रोनका अलावा भारतमा डेल्टा भाइरसको संक्रमण पनि जारी छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *