२९० संक्रमित थपिँदा २३२ जना संक्रमणमुक्त, ३ काे मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र ४ हजार ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी २९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा २३२ जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा कोरोना संक्रमणबाट थप तीनजनाको मृत्यु भएको छ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार २२७ पुगेको छ। अहिलेसम्म ८ लाख ९ हजार ३८७ जना संक्रमणमुक्त भएका छन् भने नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५७७ पुगेको छ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २४२ जना रहेका छन्। जसमध्ये ४ हजार ९९३ जना होम आइसोलेसन र २४९ जना संस्थागत आइसोलेसनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *