अमेरिकामा पहिलो ओमिक्रोन संक्रमितकाे मृत्यु

न्युयाेर्क- अमेरिकाकाे टेक्सासस्थित ह्यारिस काउन्टी बस्ने एक खोप नलिएका व्यक्ति संयुक्त राज्य अमेरिकामा कोभिड-१९ को ओमिक्रोन भेरियन्टबाट मृत्यु हुनेमा पहिलो व्यक्ति भएको दाबी गरिएको छ।
ह्यारिस काउन्टी न्यायाधीश लीना हिडाल्गोले ट्विट गर्दै काउन्टीको पूर्वी भागका करिब ५० वर्षीय व्यक्तिकाे उनको सङ्क्रमणबाट मृत्यु भएको जनाएकी छन्।
अमेरिकी सञ्चार माध्यमले पनि यो संयुक्त राज्यमा ओमिक्रोन-सम्बन्धित मृत्युको पहिलो रेकर्ड भएको उल्लेख गरेका छन् ।
डिसेम्बर १८ सम्ममा अमेरिकाभरका नयाँ संक्रमित केसहरूमा ७३.३ प्रतिशत ओमिक्रोनले ओगटेको रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्रहरूले सोमबार जनाएका छन्।