डाबर नेपालद्वारा वीर अस्पताललाई २५ लाख बराबरको चिकित्सा उपकरण हस्तान्तरण

हेल्थपोस्ट नेपाल

काठमाडाैं – डाबर नेपालले नेपालको स्वास्थ्य पूर्वाधारको विकास तथा चिकित्सा सुविधा सुदृढका लागि वीर अस्पताललाई २५ लाख बराबरको चिकित्सा उपकरणहरु हस्तान्तरण गरेको छ।

डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत सघन उपचारको लागि २५ लाख बराबरको चिकित्सा उपकरणहरु हस्तान्तरण गरेको हो।

आज वीर अस्पताल परसिरमा आयोजित एक कार्यक्रमबीच डाबर नेपालका अध्यक्ष तथा प्रबन्ध निर्देशक इश्वरी राना र व्यापार प्रमुख–नेपाल तथा म्यानमार एच.एस.बेदीद्वारा डा. अनुपमा कार्की र प्रा. डा. मनेन प्र. गोर्खालीको उपस्थितिमा वीर अस्पतालका निर्देशक प्रा. डा. भुपेन्द्र कुमार बस्नेतलाई चेक हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा डाबर नेपालका प्रवक्ताले भने, ‘वीर अस्पताल नेपालकै प्रतिष्ठित र अग्रणी सरकारी अस्पताल हो, जसले नेपालका नागरिकहरुलाई अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ। अहिलेको विश्वव्यापी महामारीको समयमा यस संस्थाको महत्वपूर्ण स्वास्थ्य सेवाहरु प्रदान गर्ने प्रयासमा हामीले सहयोग गर्नु समय सान्दर्भिक र उपयुक्त छ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *