२२० जनामा कोरोना संक्रमण, थप एकजनाकाे निधन

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय २५ जनाको पिसआर परीक्षण गर्दा २१८ जना र १ हजार ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे हाे।

यस्तै पछिल्लो २४ घण्टामा २६३ जना संक्रमणमुक्त भएका छन्। याे अवधिमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २१ हजार ९३७ पुगेको छ। अहिलेसम्म ८ लाख ९ हजार १५५ जना संक्रमणमुक्त भएका छन् भने नेपालमा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ५७४ पुगेको छ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ जना रहेका छन्। जसमध्ये ४ हजार ९६४ जना होम आइसोलेसन र २६१ जना संस्थागत आइसोलेसनमा छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *