१८१ संक्रमित थपिँदा २८९ जना संक्रमणमुक्त, एककाे निधन

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८ सय ३१ जनाको पिसिआर परीक्षण गर्दा १३३ जना र ५ हजार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जना गरी १८१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। याे अवधिमा २८९ जना संक्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २१ हजार ७१७ पुगेको छ। ८ लाख ८ हजार ९२ जना संक्रमणमुक्त भएका छन् भने नेपालमा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ५७३ पुगेको छ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २७१ छ। जसमध्ये ५ हजार २३ जना होम आइसोलेसन र २४८ जना संस्थागत आइसोलेसनमा छन्।

 



Leave a Reply

Your email address will not be published.