प्रदेश २ मा बढ्दै कोरोना संक्रमित

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो समय प्रदेश २ मा स्थिर रहेको कोरोना संक्रमण दर पुनः बढ्न थालेका छ। गत मंसिर अन्तिम सातासम्म संक्रमण दर घट्दै गएकामा अहिले पुनः बढ्न थालेको जनाउँदै स्वास्थ्य कार्यालयले सर्तकता अपनाउन आग्रहसमेत गरेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार विगत एक साताको अवधिमा संक्रमितको संख्या झण्डै दोब्बरले वृद्धि भएको छ।

नयाँ संक्रमित थपिएकामध्ये अधिकांश धनुषाकै रहेका निर्देशनालयले जनाएको छ। गत मंसिर १८ गते प्रदेशमा ३४ कोरोना संक्रमित रहेकामा यही पुसको ३ गतेसम्ममा संक्रमितको संख्या ६५ पुगेको स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिए।

ती मध्ये ६२ होम आइसोलेसनमा रहेका छन् भने तीन चिकित्सकको निगरानीमा छन्। प्रदेशमा ६५ कोरोना संक्रमित रहेकामा धनुषामा मात्र ३५ सक्रिय संक्रमित छन्। त्यस्तै महोत्तरीमा १६, सिरहामा पाँच, सर्लाहीमा तीन, पर्सामा चार, सप्तरीमा एक र बारामा एकजना सक्रिय संक्रमित रहेका जनाइएको छ



Leave a Reply

Your email address will not be published.