दुवै मात्रा खोप लगाएका कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं – बैतडीमा कोरोना भाइरसविरुद्धका दुवै मात्रा खोप लगाएका एक पुरुषको मृत्यु भएकव छ। दशरथचन्द नगरपालिका-१ गुरुखोलाका ८५ वर्षीय पुरुषको जिल्ला अस्पतालमा मृत्यु भएको हो।
बिहीबार बेलुका ५ बजे अस्पताल भर्ना भएका ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिषप्रसाद पन्तले जानकारी दिए। उनका अनुसार कोरोनाका लक्षण देखिएर अस्पताल भर्ना हुन आएका ती वृद्धका शरीरमा अक्सिजन लेभल ७५ प्रतिशत भन्दा कम रहेको थियो।