६७ देशबाट नेपाल आउनेले ७ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित

काठमाडौं – काेराेना भाइरसकाे नयाा भेरियन्ट ओमिक्रोन फैलिएका ६७ मुलुकबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित भएको छ।
अध्यागमन विभागले शुक्रबारमात्रै सूचना जारी गर्दै ओमिक्रोन भेरियन्ट फैलिएका ६७ मुलुकबाट नेपाल आउँदा सात दिन अनिवार्य होटेल क्वारिन्टिनमा बस्नु पर्ने सूचना जारी गरेकाे थियो।
शनिबार बिहान विभागले अर्काे सूचना जारी गर्दै उक्त निर्णय तत्कालका लागि स्थगित भएकाे जनाएको छ। विभागका अनुसार अर्को सूचना नआएसम्मका लागि आफ्नै खर्चमा अनिवार्य करेन्टिनमा बस्नुपर्ने नियम लागू हुनेछैन।
यसअघि विभागले ६७ देशबाट आउने यात्रुलाई एक हप्ता होटल करेन्टिनमा बस्नु पर्ने र सबै खर्च यात्रुले नै बेहोर्नुपर्ने उल्लेख गरिएको थियो। साथै होटल करेन्टिनमामा बसेपछि पिसिआर परीक्षण गर्नुपर्ने र रिपोर्ट नेभेटिभ आएपछि पनि एक हप्ता आफ्नै घरमा सुरक्षित रुपमा बस्नुपर्ने भनिएको थियो।