ओमिक्रोन त्रास : यी ६७ देशबाट नेपाल आउँदा बस्नुपर्छ अनिवार्य ७ दिन क्वारेन्टिन [सूचीसहित]

हेल्थपोस्ट नेपाल

Okकाठमाडाैं – सरकारले ओमिक्रोन फैलिएका ६७ देशबाट नेपाल आउनेहरूलाई सात दिन होटेल क्वारेन्टिन अनिवार्य गरिएको छ। यो मापदण्ड कार्यान्वयन गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागले शुक्रबार सूचना जारी गरेको छ।

१३ मंसिरको मन्त्रिपरिषद् बैठकले ओमिक्रोन संक्रमण भएका देशबाट नेपाल आउँदा कडाइ गर्ने निर्णय गरेको थियो। त्यसै आधारमा अध्यागमनले ती देशको सूची बनाएको छ।

होटेल क्वारेन्टिन बस्दाको खर्च सम्बन्धित व्यक्तिले नै तिर्नुपर्नेछ । परीक्षणमा रिपोर्ट नेगेटिभ आए घर गएर थप सात दिन आइसोलेसनमा बस्नुपर्ने उल्लेख छ । छिमेकी भारतसहित एसियाली देशहरूमा पनि ओमिक्रोन फैलिँदै गएकाले कडाइ गरिएको विभागका निर्देशक मुकेशकुमार केसीले बताए।

अध्यागमनको सूचीमा अफ्रिकी मुलुकसहित अमेरिका, बेलायत, क्यानडा, स्पेन, इटाली, डेनमार्क, अस्ट्रिया, बेल्जियम, साइप्रस, फ्रान्स, जर्मनी, ग्रिस, नेदरल्यान्ड्स, नर्वे, पोल्यान्ड, पोर्चुगल, रसिया, सिंगापुर, स्विट्जरल्यान्ड, टर्की, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया र माल्दिभ्स छन्।

प्रभावित अफ्रिकी देशका नागरिकलाई यसअघि नै सरकारले अनअराइभल भिसामा रोक लगाइसकेको छ । नेपालमा पनि अफ्रिकी मुलुकबाट आएका दुईजनामा ओमिक्रोन पुष्टि भएको थियो । उनीहरू निको भइसकेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *