बैंकको शौचालयमा वेहोस भेटिएकी नर्सको अस्पतालमा निधन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा कार्यरत एक नर्सको निधन भएको छ।

जुम्लास्थित सिटिजन्स बैंकको शौचालयमा बेहोस भेटिएकी बाँके कोहोलपुरकी २६ वर्षीय अनुपमा श्रेष्ठको शिक्षण अस्पतालमा निधन भएको हो।

बैंकका म्यानेजरलाई भेट्न गएको समयमा शौचालय गएकै अवस्था लामो समय नफर्किएपछि खोजी भएको थियो ।

सो क्रममा शौचालय फोडेर हेर्दा वेहोस भेटिएको प्रहरीले जनाएको छ।

अस्पताल पुर्याएपछि सिपिआर गरेर मुटुको धड्कन फर्किए पनि उपचारका क्रममा विहीबार निधन भएको अस्पतालले जनाएको छ।

प्रतिष्ठानका उपकूलपति डा. मंगल रावलले घटनाको पुष्टि गरेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *