थप २७४ जनामा कोरोना पुष्टि, ३ को मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप २७४ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ९ हजार १६ जनाको परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७० पुगेको छ।

यस्तै, सोही अवधिमा २ सय ७० जना संक्रमणमुक्त भएका छन् भने २ लाख ६ हजार ५ सय २२ जनालाई कोरोनाविरुद्धको खोप लगाएका छन्।
हालसम्म नेपालका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा गरी ५ हजार ५ सय २२ जना सक्रिय संक्रमित छन्। हालसम्म नेपालमा पहिलो तथा दोस्रो डोज गरी २ करोड १४ लाख ४५ हजार १ सय ४५ जनाले खोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published.