स्टार अस्पतालमा एक महिना पेट तथा कलेजो रोगसम्बन्धी निःशुल्क ओपिडी सेवा

काठमाडौं ललितपुर सानेपास्थित स्टार अस्पतालले पेट तथा कलेजो रोगसम्बन्धी निःशुल्क ओपिडी सेवा सुरु गरेको छ।
अस्पतालले अत्याधुनिक सुविधा सम्पन्न पेट तथा कलेजो रोग विभाग सञ्चालन गरेको अवसरमा पुस १ बाट माघ १ सम्म एक महिना निःशुल्क ओपिडी सेवा सुरु गरेको हो।
अस्पताल आउने पेट रोगका बिरामीले पुस महिनाभरि निःशुल्क ओपिडी सेवा पाउनुका साथै पेट रोगसम्बन्धी अन्य परीक्षण, शल्यक्रियालगायत सेवामा आकर्षक छुट पाउनेछन्।
त्यसैगरी अस्पतालले पेट तथा कलेजो रोगसम्बन्धी सेवा दक्ष तथा वरिष्ठ चिकित्सकहरूबाट दिँदै आएको जनाएको छ