पूर्व स्वास्थ्यमन्त्री थापा कांग्रेस महामन्त्रीमा निर्वाचित

पूर्व स्वास्थ्यमन्त्री गगन थापा नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएका छन्। हालै सम्पन्न १४औं महाधिवेशनबाट थापा निर्वाचित भएका हुन्।
विहीबार सम्पन्न मतगणनाअनुसार थापाले महामन्त्रीमा खसेको कुल मतको झण्डै ६५ प्रतिशत मत प्राप्त गरे। कुल ४ हजार ६ सय ८२ मत खसेकोमा थापाले ३ हजार २३ मत प्राप्त गरेका थिए। महामन्त्रीमा निर्वाचित अर्का नेता विश्वप्रकाश शर्माले १९८४ मत प्राप्त गरे।
थापाले २०७३ सालमा ९ महिनाका लागि स्वास्थ्यमन्त्री बनेका थिए। स्वास्थ्य मन्त्री रहँदा थापाले उल्लेखनीय काम गरेका थिए।
छोटो कार्यकालमै थापाले डायलासेस सेवा पुरै निःशुल्क,मृगौला प्रत्यारोपण पुरै निःशुल्क बाथमुटु रोगको शल्यक्रिया निःशुल्क, नेपालमै कलेजो प्रत्यारोपण सेवा सुरु, विशिष्टलाई १५ रुपैया भन्दा बढी उपचार खर्च नदिने व्यवस्थालगायतका काम गरेका थिए।
स्वास्थ्य बीमासम्बन्धी ऐन, देशभर स्वास्थ्य सेवाको रुपान्तरणको खाकासमेत थापाकै कार्यकालमा बनेको थियो।