१८४ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं–नेपालमा २४ घण्टामा १८४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १८ जनाको परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमित भेटिएका हुन्।
यस्तै, उक्त अवधिमा २ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ६७ रहेको छ। यस्तै, २६७ जना डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय २६ छन्।