भारतमा थपिए सात हजार ९७४ संक्रमित

हेल्थपोस्ट नेपाल

नयाँदिल्ली- भारतमा सात हजार ९७४ काेराेना सङ्क्रमित थपिएका छन्। सोही अवधिमा थप ३४३ जनाको कोरोनाका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ७६ हजार ४७८ पुगेको छ।

भारतमा अहिले सङ्क्रमितको सङ्ख्या ८७ हजार २४५ छ। याे कुल सङ्क्रमितको सङ्ख्याको ०.२५ प्रतिशतमात्रै रहेको मन्त्रालयले जनाएको छ। यो सङ्ख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम रहेको अधिकारीले जनाएका छन्।

गएको २४ घण्टामा भारतमा आठ हजार ९४८ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख ५४ हजार ८७९ जनालाई कोरोना सङ्क्रमण निको भएका छन्। भारतमा कोरोना भाइरस निको हुने दर ९८.३८ प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६६ करोड २ लाख व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ३५ करोड २५ लाख डोज खोप लगाइएको जनाइएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *