कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको १४ औं वार्षिकोत्सव सम्पन्न

हेल्थपोस्ट नेपाल

काठमाडौं – कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको १४ औं वार्षिकोत्सव सम्पन्न भएको छ। सो अवधिमा अस्पतालले १ लाख बढी बिरामीलाई सेवा दिनुका साथै ब्याचलर इन डेन्टल सर्जरी (विडिएस) तर्फ २७८ जना र २४ जना मास्टर इन डेन्टल सर्जरी (एमडीएस) तर्फ विषेशज्ञ उत्पादन गर्न सफल भएको छ।

सेन्टरले देशका ५५ बढी जिल्लाहरुमा मुख तथा दन्त स्वास्थ्यसम्बन्धी जानकारीमुलक कार्यक्रम पनि सम्पन्न गरेको छ। देशका विभिन्न ठाउँमा पुगेर सेन्टरले निःशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर, विद्यालय दन्त स्वास्थ्य शिक्षा कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, सांसद, मातृ शिशु कार्यकर्ता तथा हेल्थपोष्ट प्रमुखहरुलाई मुख तथा दन्त स्वास्थ्य अभिमुखिकरण तालिमसमेत सञ्चालन गर्दै आएको छ।

नेपालमा अहिले पनि करिब ८० प्रतिशत मानिसहरुले दन्त उपचार सेवा पाउन नसकेका कलेजका अध्यक्ष बुद्धिमान श्रेष्ठले बताए। अधिकांश ग्रामिण भेगका मानिसहरु उपचार पाउन सकेका छैनन्। दाँत किराले खाने, गिजाको रोग, बाङ्गोटिङ्गो दाँत भएको, मुखमा घाउखटिरा आउने, समय नपुग्दै दाँत झर्ने, मुखको क्यान्सर तथा अन्य रोगका अधिकांश बिरामी पीडित भएका श्रेष्ठले बताए।

नेपालमा करिब ४ हजार २०० दन्त चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएपनि ६० प्रतिशतमात्र नेपालमा कार्यरत रहेका श्रेष्ठले बताए। नेपालमा अहिलेको अवस्थामा करिब १५ सय दन्त डाक्टरहरुले ३ करोड नेपालीको उपचार गर्दै आइरहेको छन्।

प्राध्यापक डा. रविन्द्रमान श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल डेन्टल एसोसियसनका अध्यक्ष डा. सुमित मास्के, काठमाडौं विश्व विद्यालयका एसोसियट डिन प्रा. डा. मनोज हुमागाईंलगायको उपस्थिति रहेको थियो।

कलेजले यसै वर्षबाट बिडिएसमा कलेज टपरलाई छात्रवृत्ति दिने व्यवस्थासमेत गरेको छ।



Leave a Reply

Your email address will not be published.