स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. संगिता मिश्रा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा.संगिता मिश्राले सम्हाल्ने भएकी छिन्।
यसअघि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका डा.कृष्ण प्रसाद पौडेलले अब इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको मात्रै हेर्ने भएका हुन्।
समन्वय शाखाको प्रमुख रहेकी डा.मिश्राले भोलिदेखि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी समाहल्ने बताइन्।
डा.मिश्राले कोभिड–१९ को नयाँ भेरियन्ट (ओम्रिक्रोन) लाई नियन्त्रण तथा रोकथाम लागि केन्द्रित भएर काम गर्ने बताइन्।
यसअघि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक रहेकी मिश्रालाई केही हप्ता अगाडी स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रालयको समवन्य महाशाखा प्रमुखमा तानेका थिए।