एकैदिन कोरोनाबाट ६ जनाको निधन, २८० थपिए

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका देशभर गरिएको ११ हजार ९९४ नुमना परीक्षणमध्ये बुधबार २८० जना संक्रमित थपिएका हुन्।

९ हजार २१२ जनाको पिसिआर परीक्षण र २७८२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल ५ हजार ६३५ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा ३०० जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा ८ लाख ७ हजार ८१६ संक्रमणमुक्त भएका छन्। सोही अवधिमा भने संक्रमणबाट ६ को मृत्यु भएको छ। नेपालमा हालसम्म ११ हजार ५६५ जनाले ज्यान गुमाइसकेका छन्।

काठमाडौं उपत्यकामा ११८ संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार काठमाडौंमा ८९, ललितपुरमा २० र भक्तपुरमा ९ संक्रमित छन्। आज क्वारेन्टाइनमा ९५ जना छन्। पछिल्लो २४ घन्टामा २ हजार ५२३ जनाले कोरोना खोप लगाएका छन्।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *