आज देशभर ५ हजार ६८९ सक्रिय संक्रमित, दुईको निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा २६४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ९ हजार ३९२ पीसीआर र ४ हजार ३१७ जनाको एन्टीजेन परीक्षणका क्रममा २६४ जनामा संक्रमण पुष्टि भएका हो।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ९ लाख २० हजार ६०९ जना पुगेको छ। आज देशभर ५ हजार ६८९ सक्रिय संक्रमित छन्।

त्यसैगरी, २४ घण्टामा ३६२ जना संक्रमित निको भएका छन्।यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ७ हजार ५१६ पुगेको छ।

उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५९ पुगेको छ। मन्त्रालयको अनुसार १२० जना आइसीयू र २७ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

आज ९६ जना क्वारेन्टाइनमा छन्।पछिल्लो २४ घण्टामा देशभर २ लाख ३६ हजार ४८२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published.