दक्षिण अफ्रिकी राष्ट्रपतिलाई कोराेना सङ्क्रमण

हेल्थपोस्ट नेपाल

दक्षिणी अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड १९ को संक्रमण भएको छ। उनले कोभिड सङ्क्रमण भएपछि उपचार गराइरहेका छन्। सो कुरा दक्षिणी अफ्रिकी राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। सिरिल रामाफोसाले उपचार गराइरहेकाे आइतबार राति सो कार्यालयले जनाएको छ।

उनले यसअघि नै कोरोना भाइरसविरुद्धको खोप दुई डोज लगाएका थिए। यसकारण उनलाई धेरै समस्या नभएको बुझिएको छ। तर पनि उनी सैन्य अस्पतालका वरिष्ठ चिकित्सकहरुको निगरानीमा गरिरहेकाे बताइएको छ। हालैमात्र कोरोनाको घातक भनिएको ओमिक्रोन भाइरस दक्षिण अफ्रिकामा नै पत्ता लागेको थियो। यो भाइरस संसारका धेरै देशमा पुगेको छ।

तर उनलाई ओमिक्रोन हो कि होइन भन्ने बारेमा भने केही बताइएको छैन। ओमिक्रोन दक्षिण अफ्रिकामा पाइएको भनेपछि अहिले विश्वका कैयौँ देशले दक्षिण अफ्रिकाका विरुद्धमा यात्रा प्रतिबन्ध लगाएका छन्।



Leave a Reply

Your email address will not be published.