६३ देशमा फैलियो ओमिक्रोन भाइरस

हेल्थपोस्ट नेपाल

कोभिड–१९ भाइरसको नयाँ भेरियन्ट (ओमीक्रोन) तीब्र गतिमा फैलिएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार ९ डिसेम्बरसम्ममा ओमिक्रोन भेरियन्ट ६३ देशमा फैलिसकेको छ । सबैभन्दा बढी पहिला देखिएको भनिएको दक्षिण अफ्रिकामा यसको संक्रमण दर तीव्र बढेको छ ।

ओमीक्रोन भेरियन्टले फैलिनमा यसअघिको खतरनाक मानिएको डेल्टा भेरियन्टलाई पनि पछि पारेको विश्व स्वास्थ्य संगठन भनाइ छ ।

दुई महिनाअघि अफ्रिकामा नयाँ भेरियन्ट देखिएसँगै डेल्टाको चर्चा कम हुन थालेको छ । नयाँ भेरियन्ट ओमिक्रोनको उत्परिवर्तन दर धेरै भएको विज्ञहरुले बताउँदै आएका छन्।

यो डेल्टाको तुलनामा कम खतरनाक होकी भन्ने देखिएपछि कुनै स्थानमा यो दुवै भेरियन्ट एकै पटक पुग्नु खतरनाक हुनसक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ।

 



Leave a Reply

Your email address will not be published.