आज सबै सांसदको कोरोना परीक्षण हुने,कहाँ–कहाँ हुन्छ?

हेल्थपोस्ट नेपाल

संघीय संसदको अधिवेशन शुरु हुनु एकदिन अघि सबै सांसदहरुको कोरोना परीक्षण हुने भएको छ ।

संघीय संसद् सचिवालयद्वारा जारी सूचनामा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष लगायत सबै सांसद्हरु लगायतलाई एन्टिजेन परीक्षण गर्न भनिएको छ।

एन्टीजेन विधिबाट कोरोना परीक्षण भएपछि मात्र संसद भवनभित्र छिर्न दिइने संसद् सचिवालय जनाएको छ। एन्टिजेन परीक्षण आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल, नयाँ बानेश्वरमा हुनेछ।

यस्तै संघीय संसदका महासचिव तथा सचिवहरु, कार्याव्यवस्था महाशाखा, संसद सुविधा व्यवस्थापन महाशाखा, प्रशासन महाशाखा, प्रविधि व्यवस्थापन महाशाखा, कानुनी परामर्श महाशाखा लगायतका सम्बन्ध्ति महाशाखाकाका कर्मचारीहरु,मर्यादापालक एवं सुरक्षाकर्मीहरुको कोरोना परीक्षण हुनेछ ।

संघीय संसदको अधिवेशन मंसिर २८ गते दिनको २ बजेका लागि बोलाइएको छ ।



Leave a Reply

Your email address will not be published.